इजरायलमा सरकार विरोधी प्रदर्शन चर्कियो, नेतान्याहुको राजीनामा र चुनाव मुख्य माग

नेपालभ्युज

इजरायलमा सरकार विरोधी प्रदर्शन चर्कियो, नेतान्याहुको राजीनामा र चुनाव मुख्य माग

काठमाडौं । इजरायलको आन्तरिक राजनीतिको मतभेदको प्रभाव फेरि जनस्तरसम्मै पुगेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहु(Benjamin Netanyahu)प्रति असन्तुष्ट व्यक्त गर्दै आम मानिस सडक प्रदर्शनमा उत्रिन थालेका छन् ।

प्रदर्शनकारीले जेरुसेलमस्थित इजरायली संसद् भवन घेरा हालेका छन्।

हमासले इजरायलमाथि गरेको आक्रमणका कारण केही समय मत्थर भएको असन्तुष्टि पछिल्लो समय मुखरित हुन थालेको हो । लामो समयसम्म शासन चलाएका नेतान्याहुलाई सत्ताच्यूत गर्नेसम्मको प्रदर्शन बढ्न थालेको बीबीसीले जनाएको छ ।

सरकारविरुद्ध सडकमा उत्रिएका सर्वसाधारणमाथि प्रहरी प्रशासनले दमन गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई गन्हाउने पानीको फोहोरा फ्यालेर भिडलाई तितरबितर पारेको छ ।

प्रदर्शनकारीले गाजा(Gaza)मा बन्धक बनाइएका १ सय ३० नागरिकलाई मुक्त गराउन सरकारसमक्ष माग गरेका छन् ।

बन्दी रिहाइका लागि सरकार लचक नभएको भन्दै नेतान्याहुको थप विरोध भएको हो । प्रदर्शनकारीले नेतान्याहुको राजीनामा माग्दै चुनावको माग गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved