आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालको १०० रन पूरा

नेपालभ्युज

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं। आयरल्याण्ड वल्भ्सविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले १०० रन पूरा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले ११.२ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो।

नेपालका लागि अहिले कप्तान रोहित कुमार पौडेल र गुल्शन झाले ब्याटिङ गरिरहेका छन्।

यसअघि नेपालका अनिल साह १२, ओपनर कुशल भूर्तेल २५ र आसिफ शेख ११ रनमा आउट भए।

टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved