फिलिपिन्समा ट्रक र भ्यान ठोक्किँदा १७ जनाको मृत्यु

नेपालभ्युज

फिलिपिन्समा ट्रक र भ्यान ठोक्किँदा १७ जनाको मृत्यु

मनिला । दक्षिणी फिलिपिन्समा बालुवाले भरिएको एउटा डम्प ट्रक र एउटा यात्रुवाहक भ्यान आपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटना मिन्डानाओको दोस्रो सबैभन्दा ठूलो टापुस्थित उत्तरी कोटाबेटो प्रान्तको एन्टिपास नगरपालिकाको मुख्य सडकमा दिउँसो भएको हो ।

प्रहरी क्याप्टेन गोडोफ्रेडो तुपाजले मृतकहरू भ्यानका चालक र यात्री रहेको बताए । यसअघि मृतकको सङ्ख्या १३ रहेको बताइएको थियो । तुपाजका अनुसार मृतकमध्ये छ वर्षका बालक पनि रहेको र उनको अस्पतालमा मृत्यु भएको छ । घाइते एकको उपचार भइरहेको छ ।

दुर्घटनामा डम्प ट्रकका चालक र त्यसमा सवार दुई यात्रु बचेको र चालकलाई प्रहरी हिरासतमा राखिएको तुपाजले बताए । प्रत्यक्षदर्शीहरूले दुई सवारी ठोक्किनुअघि ट्रकको ब्रेक फेल भएको बताएको आपत्कालीन अधिकारी माइक गारफिनले जानकारी दिए । उनका अनुसार सम्भवतः दुर्घटना (accident) का कारण भ्यानमा आगो लागेको थियो ।

फिलिपिन्स  (philippines) मा घातक दुर्घटनाहरू सामान्य हुन् । यहाँ चालकहरू प्राय नियमहरूको उल्लङ्घन गर्छन र सवारीहरूको मर्मत खराब हुन्छ । साथै ती सवारीमा क्षमताभन्दा बढी सामान लोड गरिन्छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved