उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङ पुगे, यस्तो छ सम्पूर्ण कार्यतालिका

नेपालभ्युज

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङ पुगे, यस्तो छ सम्पूर्ण कार्यतालिका

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको औपचारिक भ्रमणका क्रममा राजधानी बेइजिङ पुगेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठलाई डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ लगायत चिनियाँ विदेश मन्त्रालयका अधिकारी स्वागत गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा भ्रमणमा पुगेका हुन् । चीनमा रहँदा उनले उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठले पहिलो दिन सोमबार चिनियाँ चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङसँग भेटवार्ता गर्नेछन् ।

यस्तै चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्रीले दिएको रात्रिभोजमा उपप्रधानमन्त्री श्रेष्ठ सहभागी हुनेछन् ।

मंगलबार बिहान उपप्रधानमन्त्री श्रेष्ठले हुवावे रिसर्च एण्ड डेभलपमेन्ट कार्यकारी प्रदर्शनी केन्द्रको भ्रमणमा जानेछन् । दिउँसो नेपाली दूतावास भ्रमणपछि उनी लगानी सम्मेलनमा भाग लिनेछन् ।

मंगलबार साँझ उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नेछन् । मंगलबार नै चिनियाँ विदेशमन्त्रीले दिएको रात्रि भोजमा नेपाली टोली सहभागी हुनेछन् ।

बुधबार उपप्रधानमन्त्री श्रेष्ठ नेपाली दूतावासले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् । बुधबार बेलुका उनी चोङकिङ भ्रमणमा जानेछन् ।

बिहीबार उपप्रधानमन्त्री श्रेष्ठले चीनका पहिलो प्रधानमन्त्री झोउ एनलाईको घर हेर्नेछन् । शुक्रबार बिहान उनी तिब्बतको ल्हासा उड्नेछन् ।

त्यहाँ उनले नेपालको महावाणिज्य दूतावास भ्रमण गर्नुका साथै तिब्बतका कम्युनिष्ट पार्टीका सचिवसँग भेटवार्ता गर्नेछन् । शुक्रबार उनी रात्रिभोजमा सहभागी हुनेछन् ।

शनिबार उपप्रधानमन्त्री श्रेष्ठ कैलाश मानसरोवरको भ्रमणमा जानेछन् । उनी आइतवार बेलुका चेङ्दु पुग्नेछन् । चेङ्दुमा उनले सिचुआन प्रान्तको कम्युनिष्ट पार्टीका सचिवसँच भेट्नुका साथै उनले दिएको रात्रिभोजमा सहभागिता जनाउँनेछन ।

सोमबार उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण पुरा गरेर स्वदेश फर्कनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved