आईभीएफ कति उमेरसम्म गर्न सकिन्छ ?

नेपालभ्युज

आईभीएफ कति उमेरसम्म गर्न सकिन्छ ?

एजेन्सी । विगत केही दिन यता भारतका दिवंगत गायक सिद्धु मुसेवालाकी आमाले ५८ वर्षको उमेरमा छोराको जन्म दिएको खबर चर्चामा छ ।

यो खबरपछि सबैमा चासोको विषय बनेको छ, ५८ वर्षको उमेरमा पनि कसरी आमा बन्न सम्भव भयो । उनी आईभीएफको माध्यमबाट आमा बनेको भए पनि कति उमेरसम्म यो माध्यमबाट आमा बन्न सकिन्छ भन्ने प्रश्न उठेको छ ।

इन भिट्रो फर्टिलाइजेशन अर्थात आईभीएफ एउटा फर्टिलिटी ट्रिटमेन्ट हो । यो प्रविधिले कोही पनि जोडीलाई बच्चा जन्माउन सहयोग गर्छ । यो प्रक्रियामा महिलाको अन्डालाई पुरुषको स्पर्मसँग मिलाएर गर्भमा स्थापित गरिन्छ । यसमा कुनै पनि प्रकारको अपरेशनको आवश्यकता पर्दैन ।

यदि आईभीएफ गर्ने सही उमेरको बारेमा जान्ने हो भने, यो हरेक देशमा कस्तो कानून छ त्यो अनुसार पनि हुन्छ । आइभिएफ ट्रिटमेन्टका लागि कुनै तोकिएको समय भने हुँदैन । विशेषज्ञका अनुसार ३८ देखि ४० वर्षको उमेरमा २६.८ प्रतिशत आइभीएफ प्रक्रिया सफल हुने सम्भावना रहन्छ । त्यहीँ ४० वर्षको उमेरपछि यो सम्भावना ७ प्रतिशत मात्र रहन्छ ।

सामान्य रुपमा ४३ वर्षको उमेर नाघेका महिलाका लागि आफ्नै अन्डासँग आइभीएफ गर्न सुझाव दिइँदैन । उनीहरुले डोनर गरिएको अन्डाबाट नै गर्भधारण गर्नु राम्रो मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved