‘डाउन सिन्ड्रोम’ के हो ? जानौं यसको लक्षण

नेपालभ्युज

‘डाउन सिन्ड्रोम’ के हो ? जानौं यसको लक्षण

एजेन्सी । ‘डाउन सिन्ड्रोम’ जन्मजात हुने एउटा गम्भीर रोग हो । यसको लक्षण बच्चामा जन्मिनासाथ देखिन थाल्छन् । जानौं यो समस्या भएका बच्चामा कस्ता लक्षण देखिन्छन् ?

सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीवेंशनको रिपोर्टअनुसार डाउन सिन्ड्रोम एउटा यस्तो परिस्थिति हो, जसमा व्यक्तिको शरीरमा अतिरिक्त क्रोमोजोम हुन्छ । आमरुपमा एउटा बच्चा ४६ क्रोमोजोमका साथ जन्म लिन्छ । डाउन सिन्ड्रोम भएको शिशुमा कुनै एक क्रोमोजोमको अतिरिक्त कपी हुन्छ ।

जो बच्चामा एक्स्ट्रा क्रोमोजोम हुन्छ, उसको शरीर र दिमागको विकासमा नराम्रो असर पर्दछ । यो स्थिति बच्चाका लागि मानसिक तथा शारीरिक दुवै प्रकारको चुनौतीको कारण बन्न सक्छ ।
डाउन सिन्ड्रोमबाट पीडित व्यक्ति हेर्दा त्यस्तो फरक प्रकारको देखिँदैनन् तर उनीहरुको आईक्यू लेवल सामान्य भन्दा पनि कम हुन्छ । यो सिन्ड्रोमले पीडित बच्चाहरु अन्य बच्चाको तुलनामा बोल्न पनि ढिला तथा सुस्त हुन्छन् ।

डाउन सिन्ड्रोमका लक्षणहरु फरक फरक हुन सक्छन् । जसमा बच्चाहरुको अनुहारको बनावट चेप्टो, बदाम जस्ता आँखा, छोटो घाँटी, छोटो कान, साना हात खुट्टा, उचाई कम हुनु, कमजोर मांसपेशीहरु, जिब्रो प्रायः मुखबाट बाहिर निस्किरहने जस्ता लक्षणहरु देखिन्छन् ।

डाउन सिन्ड्रोममा उमेर एकदमै महत्वपूर्ण मानिन्छ । यदी ३५ वर्षको आयु भन्दा पहिला नै बच्चा जन्माउने हो भने डाउन सिन्ड्रोमको खतरा कम गर्न सकिन्छ । जो महिलाहरुको बच्चालाई डाउन सिन्ड्रोम भएका बच्चाको खतरा हुन्छ उनीहरुले बच्चाको योजना बनाउनु अघि सामान्य रुपमा कोही आनुवंशिक डाक्टर तथा विशेषज्ञसँग सल्लाह लिनुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved