घुसको रकम फ्याँकेर भागेका सव-इन्जिनियर रजकविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

घुसको रकम फ्याँकेर भागेका सव-इन्जिनियर रजकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाई कार्यालयका सव-इन्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग लिएको ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका रजकविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

रजकलाई घुस वापतको १५ हजार नगद र ५५ हजारको चेक फ्याँकेर भाग्दै गरेको अवस्ठामा नियन्त्रणमा लिइएको थियो।

उनीविरुद्ध बिगो बमोजिम जरिवाना सजायसमेत हुने गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved