रास्वपाका ४ सांसदले निर्वाचन आयोगलाई जरिवाना तिर्नु नपर्ने

नेपालभ्युज

रास्वपाका ४ सांसदले निर्वाचन आयोगलाई जरिवाना तिर्नु नपर्ने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४ सांसदलाई तोकेको जरिवाना बदर भएको छ ।

समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीलाई १५/१५ हजार जरिवाना तिराउने निर्णय गरेको थियो । त्यसविरुद्ध उनीहरुले साउन १४ गते उच्च अदालतमा रिट दायर गरेका थिए।

उच्च अदालत पाटनले बुधबार आयोगको उक्त निर्णय खारेज गरेको हो ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले निर्वाचन आयोगको निर्णयले कानुनी मान्यता नपाउने ठहर गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved