३ करोड २१ लाख बराबरको अवैध सम्पत्ति आर्जन गर्ने शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

३ करोड २१ लाख बराबरको अवैध सम्पत्ति आर्जन गर्ने शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

कार्कीले ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैंया बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

आरोपपत्रमा कार्कीको पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत गर्न आयोगले माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved