आर्यन खानको नयाँ कलेक्सन : एउटा ज्याकेटको मूल्य डेढलाखभन्दा माथि

नेपालभ्युज

आर्यन खानको नयाँ कलेक्सन : एउटा ज्याकेटको मूल्य डेढलाखभन्दा माथि

एजेन्सी । शाहरुख खानका छोरा आर्यनको लग्जरी क्लोदिंग ब्रान्ड Dyavol X को नयाँ कलेक्शन आइसकेको छ ।

यसको मूल्य सामान्य मानिसका लागि अलि महंगो पर्न सक्छ । नयाँ कलेक्शनको मूल्य २५ हजारदेखि डेढ लाखभन्दा माथि रहेको छ । नयाँ संकलनलाई Triple Threat X-2 टाइटल दिइएको छ ।

नयाँ एडिशनमा हुडिज, टीशर्ट, क्रप टप, डेनिम ज्याकेटको चलिरहेको विविधता सामेल गरिएको छ । जानौं यी लुगाको कस्तो मूल्य छ ।

यो सीमित संकलनमा डेनिम ज्याकेटको मूल्य एक लाख साठी हजारसम्म रहेको छ । डेनिम ज्याकेट यो एडिशनको सबैभन्दा ठूलो हाइलाइट हो ।

यस्तो किन पनि भएको छ भने आर्यनले पहिलोपटक डेनिम डिजाइनमा पहिलो कदम राखेका छन् । हुडिजको मूल्य ६५ देखि ७० हजारसम्म राखिएको छ ।

जबकी एउटा क्रप टपको मूल्य नै २५ हजार रहेको छ । उनको नयाँ कलेक्शनको विज्ञापन पनि उनका बुवा शाहरुख र बहिनी सुहानाले गरेका छन् । जहाँ बहिनी सुहानाले क्रप टप लगाएकी छन् ।

नयाँ एडिशनको लञ्च पोस्टरमा जो टीशर्ट शाहरुख खान र आर्यन खानले लगाएका छन् त्यसको मूल्य ३५ हजार रहेको छ ।

यी सबै लुगाको मूल्य निम्नस्तर तथा मध्यम खालका कमाई गर्ने व्यक्तिका लागि महंगो पर्न सक्छ तर अघिल्लो वर्षको तुलनामा भने उनले मूल्य कम गरेका छन् ।

अघिल्लो वर्ष एउटा मात्र कपडाकै मूल्य करीब तीन लाखसम्म पर्न जान्थ्यो । आर्यनको डेब्यू कलेक्शन एकदमै तीव्र गतिमा बिक्री भएको थियो । शाहरुखले सिग्नेचर गरेको हुडी एक्स केही घण्टामै बिक्री भएको थियो । जसको मूल्य तीन लाख बीस हजार रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved