शालिन मृत्यु प्रकरणमा पक्राउ परेका प्रधानाध्यापकसहित तीनै जना रिहा

नेपालभ्युज

शालिन मृत्यु प्रकरणमा पक्राउ परेका प्रधानाध्यापकसहित तीनै जना रिहा

काठमाडौं ।  शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका प्रधानाध्यापकसहित तीनै जना धरौटीमा रिहा भएका छन् । चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै  उनीहरु धरौटीमा रिहा भएका हुन् ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतनकी छात्रा  पोखरेलको मृत्यु भएपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा तीन लाख र सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा ५/५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

१२ फागुनमा शालिन छात्रावासमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि शालिनका बाबुले उनीहरु तीन जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले तिनै जनालाई पक्राउ गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved