कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार छानबिन गर्दै कारबाहीको दायरामा ल्याइने

नेपालभ्युज

कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार छानबिन गर्दै कारबाहीको दायरामा ल्याइने

काठमाडौं । सत्तारुढ दलहरूले ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्दै कानुनी कारवाहीको दायरामा ल्याइने’ उद्घोष गरेको छन् ।

आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताइएको हो ।

‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्दै कानुनी कारवाहीको दायरामा ल्याउने, बेइमानी गर्नेले कानुनी रुपमा सजाय पाउँछन् भन्ने प्रणाली विकास गरेर राज्यप्रति भरोसा जगाउने’ सत्ता साझेदार एमाले नेता विष्णु पौडेलले सार्वजनिक गर्दै भने ।

दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए ।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved