आफ्नो सेनामा रहेका नेपालीको करार रद्द गर्न रुस तयार भइसक्यो : परराष्ट्रमन्त्री श्रेष्ठ

नेपालभ्युज

आफ्नो सेनामा रहेका नेपालीको करार रद्द गर्न रुस तयार भइसक्यो : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई फर्काउने कोसिस भइरहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले घर फर्किन चाहने नेपालीको करार रद्द गर्न रुसी विदेश मन्त्रालय तयार भइसकेको बताए ।

सैद्धान्तिक सहमति भइसकेको बताउँदै उनले मोडालिटी तय हुन बाँकी रहेको जानकारी दिए । यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेको मन्त्री श्रेष्ठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved