पुटिन पाचौँ पटक राष्ट्रपतिमा सुनिश्चित, युक्रेनसँगको लडाईं अनुमोदन भएको दाबी

नेपालभ्युज

पुटिन पाचौँ पटक राष्ट्रपतिमा सुनिश्चित, युक्रेनसँगको लडाईं अनुमोदन भएको दाबी

काठमाडौं । भ्लादिमिर पुटिन पुन: राष्ट्रपतिमा निर्वाचित भएका छन् । यद्यपी उनी विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी छ । तीनजना प्रतिस्पर्धीलाई पराजित गर्दै पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

लगातातर चुनाव जित्दै आएका पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता भएका छन् ।

उनी विगत ३ दशकदेखि सत्ता र शक्तिमा रहदै आएका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार पुटिनले ८७ प्रतिशत मत प्राप्त गरेका छन् ।

रुसको इतिहासमै पुटिन सबैभन्दा धेरै मत प्राप्त गर्ने नेता बनेका छन् । चुनावपछिको पत्रकार सम्मेलनमा पुटिनले पश्चिमाको प्रतिवाद गर्ने र युक्रेनमा आक्रमण गर्ने आफ्नो निर्णयलाई निर्वाचनको परिणामले पुष्टि गरेको बताएका छन् ।

प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुने गरेकोमा पुटिनले सन् २००८ मा संविधान संसोधन गरेर राष्ट्रपतिको कार्यकालको अवधि ६ वर्ष बनाएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved