दहीसँग आलस खानुहोस्, हुनेछ धेरै फाइदा

नेपालभ्युज

दहीसँग आलस खानुहोस्, हुनेछ धेरै फाइदा

एजेन्सी । दही र आलस दुवै पोषक तत्वहरुले भरिपूर्ण हुन्छन् । आज यी दुवैलाई सँगै खाँदा हुने फाइदाका बारेमा जानौं-

  • दहीमा आलसको पाउडर मिसाएर सेवन गरेमा पाचन प्रणाली राम्रो हुन्छ । यसले ग्यास, पेट दुख्ने, अपच तथा कब्जियत जस्तो समस्याबाट छुट्कारा पाइन्छ ।
  • हड्डीलाई बलियो बनाउनका लागि पनि तपाईं दहीमा आलसको धुलो राखेर खान सक्नुहुन्छ । यसमा क्याल्सियम, प्रोटिन र भिटामिन बी जस्ता तत्व हुन्छन् जसले हड्डीलाई बलियो बनाउने काम गर्छन् ।
  • दहीसँग आलसको पाउडर मिसाएर खाँदा शरीरमा एन्टीअक्सीडेन्ट तथा भिटामिन सी प्राप्त हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।
  • तौल घटाउनका लागि तपाईं दही र आलसको सेवन गर्न सक्नुहुन्छ । यसमा फाइबर भरपूर मात्रामा हुने भएकाले तपाईंको फ्याट बर्न गर्ने काम गर्छ ।
  • शरीरको कमजोरी तथा थकान कम गर्नका लागि पनि दही र आलसको बीज एकदमै लाभदायक हुन्छ । यसको सेवन गर्नाले शरीरमा तुरुन्तै ऊर्जा आउँछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved