हिमाल आरोहण गरेर फर्कंदै गर्दा कोरियन नागरिकको मृत्यु

नेपालभ्युज

हिमाल आरोहण गरेर फर्कंदै गर्दा कोरियन नागरिकको मृत्यु

सोलुखुम्बु । सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर ज्यान गएको हो ।

बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको मृतकको शव कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षण लागि काठमाडौंको शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएको जनाइएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved