गृहमन्त्रीलाई कांग्रेस सांसदको आग्रह- नैतिकताको आधारमा राजीनामा दिनुस्

नेपालभ्युज

गृहमन्त्रीलाई कांग्रेस सांसदको आग्रह- नैतिकताको आधारमा राजीनामा दिनुस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् । “मेरो मित्र गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु कि उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहारण प्रस्तुत गर्नुस्,” उनले भने ।

अगाडि उनले प्रश्न गरे, “अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरूको माग कसरी पूरा हुन्छ ?,” पीडितहरूको विश्वास जित्न नसक्ने सरकारले वित्तीय समस्यालाई समाधान गर्न नसक्ने उनले बताए ।

सुशासन-सुशासन भनिरहने सरकारले विवादित व्यक्तिलाई गृहमन्त्री बनाएर गल्ती गरेको पनि उनले बताए ।

गृहमन्त्री लामिछाने यसअघि सहकारी प्रकरणमा मुछिएका थिए । त्यसको पार नलाग्दै उनी गृहमन्त्री बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved