आन्दोलनरत आरती साहका परिवार र गृह मन्त्रालयबीच ५ बुँदे सहमति

नेपालभ्युज

आन्दोलनरत आरती साहका परिवार र गृह मन्त्रालयबीच ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत आरती साहका परिवार र गृह मन्त्रालयबीच सहमती भएको छ ।

मंगलबार साँझ गृहमन्त्री रवि लामिछाने र आन्दोलनरत आरती साहका परिवारबीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा नेपाल सरकार, गृह मन्त्रालयको तर्फबाट  र साहका तर्फबाट ३/३ जना प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै साहको परिवारले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ ।

सहमतिमा मृतक आरती साहको हत्याबारे सीआइबीले फेरि अनुसन्धान गर्ने, अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा पुन: अभियोजन गर्ने, परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन पहल गर्ने लगायत छन् ।

यस्तो छ सहमति 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved