टस हारेको नेपाल पपुवा न्यूगिनीविरुद्ध ब्याटिङ गर्दै

नेपालभ्युज

टस हारेको नेपाल पपुवा न्यूगिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । हङकङमा जारी टी–२० सिरिजमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । पपुवा न्यूगिनीसँग हुने खेलमा नेपालले ब्याटिङ गर्ने भएको हो ।

बिरामी भएका अभिनाश बोहोराको स्थानमा नेपालले आज आकाश चन्दलाई अवसर दिएको छ ।

नेपाल र पीएनजीबीच अहिलेसम्म चार वटा टी–२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेल जितेको छ । नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ । फाइनल खेल भोलि हुनेछ ।

पिएनजी र हङकङबीच आजै अर्को खेल हुदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved