छिमेकीको कुटपिटबाट धनगढीमा एक पुरूषको मृत्यु

नेपालभ्युज

छिमेकीको कुटपिटबाट धनगढीमा एक पुरूषको मृत्यु

काठमाडौं । धनगढीमा छिमेकीको कुटपिटबाट एक पुरूषको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

छिमेकी मिनबहादुर चौधरी दम्पतीसहित केहि व्यक्तिहरुको समूह सोमबार राति रानाको घरमा प्रवेश गरी कुटपिट गरेका थिए ।

गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको निरीक्षक बमले बताए ।

घटनामा संलग्न रहेको आरोपमा चौधरीकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना गरी पाँच जना पक्राउ परेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved