पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन आग्रह

नेपालभ्युज

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन आग्रह

फुङ्लिङ। पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ) मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनीतिक दलले आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको बैठकले केवलकार निर्माणको कामलाई सहजीकरण गर्ने निर्णय समेत गरेको छ ।

केवलकार कम्पनीले केवलकारको निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा सर्वपक्षीय वैठक बसेको हो ।

उक्त बैठकमा उपस्थित राजनैतिक दलहरुले आ–आफ्नो आधिकारिक धारणामार्फत केवलकार निर्माणमा सहजीकरण गर्ने सहमती गरेका हुन् ।

बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिले केवलकार जिल्लाको सर्वांगिण विकास, रोजगारी र पहिचानसँग जोडिएकोले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए ।

आइएमई समूहको अगुवाईमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माण गर्ने योजना रहेको छ ।

ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved