पुटिनले गरे युक्रेनमा लडिरहेका महिला सैनिकको प्रशंसा

नेपालभ्युज

पुटिनले गरे युक्रेनमा लडिरहेका महिला सैनिकको प्रशंसा

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै भिडियो सन्देशमा युक्रेनमा लड्ने महिला सैनिक र आफ्नो मुलुकका सशस्त्र बललाई समर्थन गर्नेहरूको प्रशंसा गरेका छन् ।

उनले ५२ महिला कैदीलाई रिहा गर्ने आदेशसमेत जारी गरे । उनीहरूको आफन्त सेनामा थिए ।

बिदा मनाउका लागि सम्बोधन गर्दै पुटिनले विशेष सैन्य अभियानको क्षेत्रमा रहेका महिलाहरूलाई विशेष धन्यवाद दिए । रुसले युक्रेनविरुद्धको आफ्नो पूर्णस्तरका आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्ने गरेको छ ।

रुसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार तीन लाखभन्दा बढी महिला सशस्त्र बलमा सेवा र काम गर्ने गरेको जानकारी दिए ।

गत वर्ष उनले युक्रेनमा करिब एक हजार एक सय महिलाले ‘लडाइँ’ लडिरहेको बताउनुभएको थियो । तीमध्ये अधिकांश चिकित्सक, नर्स र भान्सेजस्ता सहायक भूमिकामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved