काठमाडौं । पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ चार हजार भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेको हो ।
बिहीबार देखि नै पशुपति क्षेत्रमा चार हजार ९४ सुरक्षाकर्मी परिचालित भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । गएराति १० बजेदेखि परिचालित सुरक्षाकर्मी फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।
आपतकालीन उद्धार टोली र एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको मैनालीले जानकारी दिए ।
यसैबीच शिवरात्रीको अवसरमा सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४सै घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।
Facebook Comment
Comment