भगवान शिवको पूजा आराधना गर्दै आज महाशिवरात्रि पर्व मनाइँदै

नेपालभ्युज

भगवान शिवको पूजा आराधना गर्दै आज महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौं । भगवान शिवको पूजा आराधना गर्दै आज महाशिवरात्रि पर्व मनाइँदै छ । फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्वका अवशरमा मुलुकभरका शिवालयलमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

हिन्दु धर्मावलम्बी श्रद्धालुले विशेष श्रद्धा र भक्तिपूर्वक भगवान शिवको पूजा–आराधना गर्दैछन् । महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।

भगवान शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन् । यस्तै संहारका देवताका रूपमा पनि उनको महिमा छ । भगवान शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ ।

महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

पशुपतिनाथको दर्शन गर्न मुलुकका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य संख्यामा श्रद्धालु काठमाडौं आएका छन् ।

भारतबाट आएका साधुसन्त तथा जोगीका लागि पशुपति क्षेत्र विकास कोषले भोजन तथा बासको व्यवस्था मिलाएको छ । नेपालसहित भारतमा समेत धुमधामसँग यो पर्व मनाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved