टी–२० सिरिज खेल्न नेपाली टोली हङकङ उड्दै, कप्तान पौडेल भन्छन्: क्षमता थाहा पाउने अवसर

नेपालभ्युज

टी–२० सिरिज खेल्न नेपाली टोली हङकङ उड्दै, कप्तान पौडेल भन्छन्: क्षमता थाहा पाउने अवसर

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले हङकङ जाने राष्ट्रिय टोलीको बिदाई गरेको छ।

बिहीबार एक कार्यक्रमबीच क्यानले टी–२० विश्वकपको तयारी स्वरूप हङकङ जाने राष्ट्रिय टोलीको बिदाईं गरेको हो। कप्तान रोहित कुमार पौडेलले विश्वकपअगाडि सिरिजले राम्रो सहयोग पुर्याउने बताए । कप्तान रोहितले भने, ‘यो सबै खेलाडीको क्षमता थाहा पाउने राम्रो अवसर हो।’

उनले बुधबार सरकारले विश्वकप तयारीका लागि निकासा गरेको ५ करोड रुपैयाँको बजेटप्रति खुसी व्यक्त गरे। ‘हिजो ५ करोडको तयारी बजेट आएको छ। सहयोग निकै राम्रो हो। आउने दिनमा यस्तै सहयोग आइरहन्छ भन्ने विश्वास छ मलाई,’ रोहितले भने।

नेदरल्याण्ड्स र नामिबियासहितको त्रिदेशीय टी–सिरिज फाइनल सोचेजस्तो राम्रो नभए पनि आउने खेलमा राम्रो गर्ने रोहितले विश्वास व्यक्त गरे। मुख्य प्रशिक्षक मोन्टी देशाईंले टोलीको क्षमतामा आफु विश्वस्त भएको र व्यवस्थापन टोलीको योगदानलाई पनि धन्यवाद दिए।

मुख्य प्रशिक्षक देशाईंले भने, ‘हामीलाई सबैको क्षमतामा विश्वास छ। विश्वकप खेल्दा सबैलाई सप्राइज दिन हामी तयार छौँ। हङकङ र पीएनजीविरुद्धको खेलको लागि पनि उत्साहित छु। यसले एसिया कप छनोटको लागि पनि मद्दत गर्नेछ।’

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले टोलीले हङ्कङ सिरिजमा राम्रो खेल्ने विश्वास व्यक्त गरे। नेपाली टोली बिहीबार राति नै हङकङ उड्दै छ।

नेपाल र हङकङले मार्च ९ मा फ्रेन्डसिप कप टि२०आई खेल्नेछन् । मार्च १० देखि १३ सम्म भने टि२०आई त्रिकोणात्मक सिरिजको खेल हुनेछ ।

मार्च १० मा नेपाल र हङकङले खेल्दा मार्च १२ मा पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टी-२० खेल खेल्नेछ ।

नेपाली टोली :

रोहित कुमार पौडेल, कुशल भूर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जीसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहरा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved