कार्यकर्तालाई रास्वपाको निर्देशन : मन्त्रीहरूलाई बधाई दिने नाममा अनावश्यक रूपमा नभेट्नू

नेपालभ्युज

कार्यकर्तालाई रास्वपाको निर्देशन : मन्त्रीहरूलाई बधाई दिने नाममा अनावश्यक रूपमा नभेट्नू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने नाममा अनावश्यक रूपमा भेटघाट नगर्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै पार्टीले सो कार्यले मन्त्रीहरूको कार्य समय व्यवस्थापनमा प्रतिकूल प्रभाव पार्नुका साथै बहुमुल्य समयको नोक्सानी हुने बताएको छ ।

‘बधाईका नाममा मन्त्रीलाई मन्त्रालयमा भेटी फोटो खिच्ने, बधाई तथा शुभकामना दिने प्रचलनले मन्त्रीहरूको कार्य समय व्यवस्थापनमा प्रतिकूल प्रभाव पार्नुका साथै बहुमुल्य समयको नोक्सानी समेत गरिरहेको हुन्छ जो सिङ्गो देश र जनतामाथि घात हो ।’, विज्ञप्तीमा भनिएको छ, ‘भिभिआईपी वा भिआपी प्रथाको अन्त्य गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । अत: उल्लिखित पक्षहरुलाई मनन गरी बधाई तथा शुभकामना दिन कै लागि मन्त्रीहरुलाई भेट्ने, यो वा त्यो बहानामा मन्त्रीहरूलाई अनावश्यक रूपमा भेटघाट नगर्न नगराउन सबैमा हार्दिक अपिल गर्दछौं ।’

केही सुझाव, सन्देश भए लिखितरुपमा पार्टी कार्यलयमा नै दिन सकिने रास्वपाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved