दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो, घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

नेपालभ्युज

दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो, घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

काठमाडौं । काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको । दुर्घटनामा एक महिलासहित ६ जनाको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन ।

दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् । बसका चालक समेत घाइते भएका छन् । घाइते सबैलाई ससस्त्र प्रहरी बलको टोलीले उद्दार गरी उपचारका लागि अस्पताल पठाएको छ ।

कपिलबस्तुबाट काठमाडौं आउदै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिकको घाटबेसीस्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा करिब ५० जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved