चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चंखेली-३ स्थित मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा अनियमितता गरेको आरोपमा मंगलबार काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

झुट्टा बिल भरपाई तथा नक्कली कागजातहरु बनाई १० लाख २९ हजार ३२५ रुपैयाँ अनियमितता गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

आरोपपत्रमा अध्यक्ष चौलागाईसहित गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मवीर
पल्ली मगर, असिस्टेन्ट सव-इन्जिनियर अजय भन्ने अज बहादुर बुढालाई प्रतिवादी बनाइएको छ ।

यस्तै, उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर बुढा, सचिव हंश बहादुर ऐडी तथा चंखेली-३ का तत्कालीन वडा अध्यक्ष सालीग्राम ऐडीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

उनीहरुविरुद्ध कैद र जरिवाना सजाय माग गरिएको आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved