भवन निर्माण कार्यालय राजविराजका तत्कालीन सिडिई देवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

भवन निर्माण कार्यालय राजविराजका तत्कालीन सिडिई देवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई) सचिन्द्र कुमार देवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ मधुवापुरअन्तर्गत शहरी विकास, राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दुरीमा कालोपत्रे बाटो निर्माण विना टेन्डर भएको, होडिङ्ग बोर्ड नलगाएको र निर्माण कार्य राम्रो नभएको आरोपमा उनीहरुविरुद्ध मंगलबार काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरुले सम्झौताभन्दा ३ लाख ४७ हजारबढी भुक्तानी लिएको आरोप पत्रमा उल्लेख छ ।

उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध कैद र जरिवाना गरी विगो असुल गर्न आयोगले माग गरेको छ ।

आरोपमा पत्रमा देवसमेत तत्कालीन इन्जिनियर मदन राय, सव-इन्जिनियर सरोज कुमार यादव र गुन्जा कन्सट्रक्सन, खडक-८, सप्तरीका प्रोपराइटर गोविन्द प्रसाद मंडललाई प्रतिवादी बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved