सम्झौताभन्दा २६ लाख बढी भुक्तानी लिने इन्जिनियर पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

सम्झौताभन्दा २६ लाख बढी भुक्तानी लिने इन्जिनियर पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोरु गाउँपालिका वडा नं. ९ स्थित तन्दवाडा-छडा सिँचाई आयोजनामा लागत अनुमान लुकाई इष्टिमेटअनुसार काम नगरी सरिया र सिमेन्ट पनि कम प्रयोग गरी न्यून गुणस्तरको काम गरी रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

साथै, उनीहरुले सम्झौताभन्दा २६ लाख ८२ हजार १४ रुपैयाँ बढी भुक्तानी लिएको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ ।

आरोप पत्रमा पाण्डेसहित मुगु सामुदायिक सिँचाई आयोजनाका इन्जिनियर महेश सिंह कठायत, सव-इन्जिनियर भिम बहादुर रोकाय, जिल्ला मुगु साविकको कालै गाबिसमा प्राविधिक पदमा कार्यरत रही सामुदायिक सिँचाई आयोजनामा खटिएका सर्जन बहादुर शाही, जिल्ला मुगु सोरु गाउपालिका वडा नं ९ का तत्कालीन वडा अध्यक्ष परुनाथ योगी, जिल्ला मुगु, साबिक कालै गाविसका गाविस सचिव नव गिरी, तन्दवाडा सिँचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष लोक भन्ने लोग बहादुर शाही, सचिव बैदेवी शाही र कोषाध्यक्ष रुपा भन्ने रत्न रुपा शाही, सामुदायिक सिँचाई आयोजना अन्तर्गत परामर्शदातृ संस्थामार्फत खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढथापालाई प्रतिवादी बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved