कानून निर्माण र संविधान कार्यान्वयनमा भूमिका खेल्ने नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको प्रतिबद्धता

नेपालभ्युज

कानून निर्माण र संविधान कार्यान्वयनमा भूमिका खेल्ने नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको प्रतिबद्धता

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले कानून निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरुको भुमिका हुने बताएका छन् ।

सोमवार राष्ट्रिय सभा सदस्यको रुपमा शपथग्रहण गरेसँगै नवनिर्वाचित सदस्यहरुले संविधानको पूर्ण रुपमा कार्यान्वयन गराउन आफूहरुको भुमिका हुने बताएका हुन् ।

उनीहरुले संघीयताको कार्यान्वयन, शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन र स्थानीय तह तथा प्रदेश सरकारको समस्या समाधानका लागि पनि आफूहरुको भुमिका हुने बताएका छन् ।

राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले कानूनहरु नबनेका कारण संघीयता र संविधान कार्यान्वयनको सन्दर्भमा गुनासो आएको भन्दै आफ्नो ध्यान यसैमा बढि केन्द्रीत हुने बताए ।

राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले राष्ट्र र जनताको पक्षमा विधि, विधान बनाउन भुमिका खेल्ने बताए । राष्ट्रिय सभा सदस्यको रुपमा दुईवटै सदन र सरकारसँग समन्वय गरेर काम गर्ने उनको भनाई छ ।

यस्तै, राष्ट्रिय सभा सदस्य मनरुपा शर्माले राष्ट्रिय सभाको मर्यादालाई उपलब्धिमुलक र गरिमामय बनाउन आफ्नो भुमिका हुने बताइन् । उनले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु टुंग्याउनका लागि आफूले भुमिका खेल्ने जानकारी दिइन् ।

यसैगरी, राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले प्रदेश र स्थानीय तहको समस्या समाधानका लागि आफ्नो भुमिका हुने बताए । संविधानलाई व्यवस्थित बनाउनुपर्ने पनि अवस्था रहेको भन्दै आफ्नो ध्यान त्यता नि रहने उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved