नयाँ मन्त्रिमण्डल गठनबारे ओली-प्रचण्ड छलफल हुँदै

नेपालभ्युज

नयाँ मन्त्रिमण्डल गठनबारे ओली-प्रचण्ड छलफल हुँदै
फाइल तस्वीर

काठमाडौं । नयाँ मन्त्रिमण्डल गठनबारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

पार्टीको सचिवालय बैठक सकेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

एमाले, माओवादीलगायत दलहरूले नयाँ समीकरणमा सरकार बनाउने समझदारी भइसकेको एमाले नेता सुरेन्द्र पाण्डेले बताएका छन् । उनका अनुसार आजै नयाँ मन्त्रीमण्डल बन्ने छ ।

बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठकले आजै नयाँ मन्त्रिमण्डलको तयारी गरेको छ । त्यो संगै शीर्ष नेताहरु भेट्न लागेका हुन् ।

गएराति अबेरसम्म  प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved