परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण अन्तिम समयमा स्थगित

नेपालभ्युज

परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण अन्तिम समयमा स्थगित

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले विशेष परिस्थिति भएको उल्लेख गर्दै भ्रमण स्थगित भएको जनाएको छ ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री साउदको पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन ।’

मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा भाग लिन मन्त्री साउद आजै त्यता प्रस्थान गर्ने तय भएको थियो ।

कांग्रेस स्रोतका अनुसार गठबन्धनमा आएको खटपटका कारण अन्तिम समयमा भ्रमण स्थगित भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved