चितवनबाट हराएका बालक हेटौंडामा भेटिए

नेपालभ्युज

चितवनबाट हराएका बालक हेटौंडामा भेटिए

काठमाडौं । चितवनको एक विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल फेला परेका छन् । उनलाई हेटौंडामा फेला पारिएको हो । निकेशलाई हेटौंडामा फेला पारिएको चितवन प्रहरीले जनाएको छ ।

उनी कसरी त्यहाँ पुगे भन्ने बारे प्रहरीले खुलाएको छैन । पोखरा घर भएका बालक निकेश गत वर्षदेखि आफन्तकोमा बसेर ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत छन् ।

निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved