देउवालक्षित किरातीको टिप्पणी : सात पटक प्रधानमन्त्री हुने कुरा चिनामै लेखिसकेको छ

नेपालभ्युज

देउवालक्षित किरातीको टिप्पणी : सात पटक प्रधानमन्त्री हुने कुरा चिनामै लेखिसकेको छ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लक्षित टिप्पणी गरेका छन् ।

बिहीबार वायुसेवा सञ्चालक संघ, नेपालको २३ औं वार्षिकोत्सव समारोहमा उनले नेपालमा सात पटकसम्म प्रधानमन्त्री हुनेकुरा चिनामै लेखिसकेको भन्दै टिप्पणी गरेका हुन् ।

कार्यक्रममा मन्त्री किरातीले वायुसेवा सञ्चालक संघ, नेपालका क्याप्टेन रामेश्वर थापाले चार पटकसम्म संघको नेतृत्व गरेको प्रसंग निकाल्दै नेपालमा सबै पद लामै खाने चलन रहेको टिप्पणी गरे ।

नेपालमा मन्त्री पनि लामो समयसम्म भइरहन पाए हुने र प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो भन्ने धारणा राखे ।

वायुसेवा सञ्चालक संघ, नेपालमा सर्वसम्मतिले नेतृत्व चयन भएको भन्दै पद छोड्नेले सानो मन गर्न नहुने समेत उनको भनाई छ ।

किरातीले केही उदाहरण दिँदै गौतमबुद्धले दरबार त्यागेर ठूलो भएको, नेन्सल मण्डेला एक पटक मात्रै राष्ट्रपति भएर पद त्याग्दा ठूलो भएको बताए ।

उनले पुनः देउवाप्रति लक्षित गर्दै सात पटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्तो नभएको टिप्पणी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved