रास्वपाले हटायो तीन प्रदेशका महामन्त्री

नेपालभ्युज

रास्वपाले हटायो तीन प्रदेशका महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाएको छ ।

६ फागुनमा बसेको पार्टी सचिवालय बैठकले कोशी प्रदेशका महामन्त्री लालबिक्रम थापा, गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

थापा विद्यालयको जग्गा भाडा नतिरेको विवादमा परेका छन् भने थापा र खड्कालाई कार्यक्षमता कमजोर भएका कारण जिम्मेवारीबाट हटाइएको हो ।

सम्बन्धित प्रदेश समितिले स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नआएपछि उनीहरुलाई हटाइएको हो ।

साथै, संगठन विस्तार गर्न नसकेको कारण कर्णालीको प्रदेश समिति र जिल्ला समिति विघटन गरिएको बुर्लाकोटीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved