इंल्यान्डविरुद्धको चौथो टेस्टमा भारतको प्रभावशाली जीत

एक खेल अगावै सिरिज कब्जा

नेपालभ्युज

इंल्यान्डविरुद्धको चौथो टेस्टमा भारतको प्रभावशाली जीत

काठमाडौं । इंल्यान्डविरुद्धको चौथो टेस्ट क्रिकेटमा भारत ५ विकेटले विजयी भएको छ । राँचीमा १९२ रनको मध्यम लक्ष्य घरेलु टोली भारतले चौथो दिन सोमबार ५ विकेट गुमाएर पूरा गर्यो । योसँगै भारतले ५ खेलको शृंखला एक खेल अगावै ३-१ ले आफ्नो पक्षमा पारेको छ ।

बिना विकेटको क्षति ४० रनबाट सोमबार चौथो दिनको खेल थालेको भारतले १९२ रनको लक्ष्य भेट्टाउन ६१ ओभरसम्म कुर्न परेको थियो ।

उसको जीतमा क्याप्टेन रोहित शर्माले ५५ र सुबमन गिलले नटआउट ५२ रनको योगदान गरे । यशश्वी जैसवालले ३७ रन बनाए । सोएब बसिरले ३ विकेट लिए पनि इंल्यान्डलाई सिरिज गुमाउनबाट रोक्न भने सकेनन् ।

भारतले आफ्नो पहिलो इनिङ्समा ३०७ रन बनाएको थियो । पहिलो इनिङ्समा ३५३ रन बनाएको भ्रमणकारी टोली इंल्यान्ड दोस्रो इनिङसमा भने १४५ रनमा अलआउट भएको थियो ।

पहिलो टेस्टमा २८ रनले विजयी भएको इंल्यान्डले दोस्रो टेस्ट १०६ रन र तेस्रो टेस्ट ४३४ रनले भारतलाई सुम्पिएको थियो ।

पाँचौ तथा अन्तिम टेस्ट मार्च ७ देखि धर्मशालामा सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved