नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नेदरल्याण्ड्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्ल २ रनमा आउट भएका हुन्।

उनलाई नेदरल्याण्ड्सका आर्यन दत्तले आउट गरे। अहिले कुशल भूर्तेल र कप्तान रोहित कुमार पौडेलले ब्याटिङ गरिरहेका छन्।

यसअघि अनिल साह ७ र आसिफ शेख १७ रनमा आउट भए। टस जितेर नेदरल्याण्ड्सले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो।

नेपालले १३ ओभरमा ३ विकेटको क्षतिमा ५४ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved