प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, शिशु लैजाने महिला प्रहरीको नियन्त्रणमा

नेपालभ्युज

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, शिशु लैजाने महिला प्रहरीको नियन्त्रणमा

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृहबाट हराएको शिशु काठमाडौंको काँडाघारीमा भेटिएको छ ।

थापाथली अस्पतालबाट हराएको २६ दिनको शिशुलाई प्रहरीले आठ घण्टापछि काँडाघारीमा फेला पारेको हो । फेला परेको बच्चालाई आमाको जिम्मा लगाइएको छ ।

अस्पतालबाट बच्चा लिएर जाने महिलालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । बच्चा लैजाने महिलाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

शुक्रबार दिउँसो ती महिलाले एक छिन खेलाउने बहानामा शिशुलाई लिएर हिँडेकी थिइन् । उनले सुरुमा बच्चा आफ्नै रहेको दाबी गरे पनि पछि चोरी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक बयानमा महिलाले विहे गरेको लामो समयसम्म पनि बच्चा नभएकाले सन्तानका रुपमा हुर्काउन बच्चा लिएर आएको बताएकी छन् ।

उनका श्रीमान नेपाली सेनामा कार्यरत छन् । उनको कोठामा प्रहरी पुग्दा उनी सुत्केरीजस्तै गाउन लगाएर बच्चाको स्यहार गरेर बसेकी थिइन् ।

सुरुमा उनले प्रहरीलाई समेत आफ्नै बच्चा भएको दाबी गरेकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved