श्रेष्ठलाई महासङ्घको प्रथम सभापति कायम गर्न माग गर्दै फोनिजले गर्‍यो शृङ्खलाबद्ध आन्दोलनको घोषणा

नेपालभ्युज

श्रेष्ठलाई महासङ्घको प्रथम सभापति कायम गर्न माग गर्दै फोनिजले गर्‍यो शृङ्खलाबद्ध आन्दोलनको घोषणा

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले पत्रकार महासङ्घको प्रथम सभापति सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गर्नुपर्ने माग दोहोर्‍याएको छ ।

फोनिजका केन्द्रीय महासचिव मिलन लिम्बूले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पुन: माग दोहोर्‍याएका हुन् । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार सङ्घ) को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै भएको पुष्टि भइसक्दा पनि उनलाई कायम गर्न अटेर गरिएको भन्दै महासचिव लिम्बूले पुन: माग दोहोर्‍याएका हुन् ।

“गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासङ्घ तयार भएन । सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासङ्घ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासङ्घको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको छ,” विज्ञप्तिमा भनिएको छ ।

घोषित आन्दोलनअनुरूप आगामी फागुन १४ गते सोमबार बिहान ७ बजे फोनिजका सबै समितिका नेतृत्वसँग आन्दोलनबारे अर्च्यूअल संवाद गर्ने, १५ गते बिहान ११ बजे नेपाल पत्रकार महासङ्घका सबै समितिलाई फोनिजका सबै समितिमार्फत ७ दिने अल्टिमेटमसहित ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर’ भन्ने मागसहित स्मरणपत्र बुझाउने कार्यक्रम छ ।

यस्तै फागुन १६ गते बिहान ११ बजे सरोकारवाला पत्रकारजन्य सङ्घसंस्था र व्यक्तिहरूसँग छलफल गर्ने, १७ गते ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर’ भन्ने सन्देश फोनिजका सम्पूर्ण सदस्यहरुले नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीलाई मोबाइलमा पठाउने, फागुन १९ गते फोनिजका सम्पूर्ण सदस्यहरूले ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर’ भन्ने मागसहित सन्देश पठाएको एसएमएसको स्कृनसट र संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटो फेसबूकलगायत सामाजिक सञ्जालहरूमा पोस्ट् गर्नेसमेत कार्यक्रम छ ।

‘अग्र अनुहार’ विमोचनमा लफडा, च्यातियो पुस्तक

स्मरणपत्र बुझाइएको मितिले ७ दिनभित्र माग पूरा नभएमा फागुन २१ गते नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र सबै जिल्ला शाखाहरूमा अनिश्चितकालीन तालाबन्दी गर्ने फोनिजले जनाएको छ ।

यसअघि ‘अग्र अनुहार’नामक पुस्तक विमोचनमा पनि यही सन्दर्भका कारण लफडा भएको थियो । फोनिजले विमोचनअगावै पुस्तकमा प्रथम सभापति श्रेष्ठलाई लेख्न आग्रह गरेको थियो । तर, कृष्णप्रसाद भट्टराईलाई नै प्रथम अध्यक्षका रूपमा लेखिएपछि फोनिजले विमोचन कार्यक्रममा नाराबाजी गर्दै विमोचित पुस्तक नै च्यातिदिएको थियो ।

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved