नेपाल ‘ए’ले क्यानडा-११ लाई दियो १८२ रनको लक्ष्य

नेपालभ्युज

नेपाल ‘ए’ले क्यानडा-११ लाई दियो १८२ रनको लक्ष्य

काठमाडौं। एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ले क्यानडा-११ लाई १८२ रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ ४६.५ ओभरमा १८१ रन बनाएर अलआउट भएको हो।

नेपालका लागि आशुतोष घिरैयाले २८, अर्जुन कुमालले २७, बसिर अहमदले २५, सन्दीप जोराले २४, सुजन थपलियाले २०, रासिद खानले १९, प्रतिस जीसीले १९ रनको योगदान गरे । शाहब आलम र शेर मल्ल डकआउट हुँदा हेमन्त धामी ३ र सागर ढकाल १ रनमा अविजित रहे ।

क्यानडाका लागि हर्श थाकेर, डिलोन हेलिगरले र निकोलस किर्तोनले २/२ तथा साद विन जफर र कलिस सानाले १/१ विकेट लिए।

तीन खेलको सिरिज १-१ को बराबरीमा छ । बिहीबारको खेलमा विजयी हुने टोलीले सिरिज कब्जा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved