स्यालको सिनो खाँदा मरे ६ वटा लोपोन्मुख गिद्ध

नेपालभ्युज

स्यालको सिनो खाँदा मरे ६ वटा लोपोन्मुख गिद्ध

काठमाडौं । नवलपुरको कावासोती नगरपालिकामा ६ वटा लोपोन्मुख गिद्ध मरेका छन् ।

विषाक्त आहार खाँदा कावासोती-११ को लोकाहा खोला किनारमा ६ वटा लोपोन्मुख गिद्ध मरेका हुन् ।

जटायु रेष्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार चारवटा डंङ्गर प्रजाति, एउटा हिमाली प्रजाति र एउटा सुन गिद्ध मरेका छन् । साथै, ६ वटा डंङ्गर गिद्ध बिरामी भएका छन् ।

विषादीयुक्त खाना खाएर मरेको स्यालको सिनो खाएर गिद्ध मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको चौधरीले बताए ।

मरेका गिद्धको पोस्टमार्टम गरिने र बिरामी गिद्धलाई जटायु रेष्टुरेन्ट लगेर उपचार गरिरहेको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved