कराते खेलाडी एरिकालाई मनास्लुको सम्मान

नेपालभ्युज

कराते खेलाडी एरिकालाई मनास्लुको सम्मान

काठमाडौं। मनास्लु वल्र्ड कलेजले १९ औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ ।

मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा एरिकालाई सम्मान गरेको हो। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा समाजमा महत्वपूर्ण योगदान गर्ने एरिकासहित विभिन्न क्षेत्रका पाँच जनालाई पनि सम्मान गरिएको थियो ।

एरिकाले गत असोजमा चीनको हान्जाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । एरिकाले जितेको रजत एसियाली खेलकुदको करातेमा कुनैपनि नेपाली खेलाडी जितेको पहिलो र एक मात्र रजत हो ।

एरिका गुरुङ : मनमैजु डोजादेखि रजत पदकसम्म

एरिकाअघि तेक्वान्दोकी सविता राजभण्डारीले १९९८ को बैंकक एसियाड तथा पाराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा विमल गुरुङ, विजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापाले २०१८ को इन्डोनेसियामा भएको एसियाली खेलकुदमा रजत जितेका थिए । हान्जाउमा एसियाडअघि एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

सोही अवसरमा गायिका कुन्ती मोक्तान, सञ्चारकर्मी जगदीश खरेल, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारी र समाजसेवी बालकृष्ण बुर्लाकोटीपनि सम्मानित भए। उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँती, मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामा, प्रधानाध्यापक राजन श्रेष्ठलगायतले एक कार्यक्रमबीच दोसल्लासहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved