भारतीय अभिनेत्री कविता चौधरीको निधन

नेपालभ्युज

भारतीय अभिनेत्री कविता चौधरीको निधन

काठमाडौं । सिरियल ‘उडान’बाट चर्चित बनेकी अभिनेत्री कविता चौधरीको अमृतसरमा निधन भएको छ ।

६७ वर्षको उमेरमा चौधरीको बिहिबार राति हृदयघातका कारण निधन भएको उनका भतिजा अजय सायलले बीबीसीलाई बताएका छन् ।

सिरियल ‘उडान’ सन् १९८९ मा दूरदर्शनमा प्रशारण भएको थियो । कविता चौधरीले आइपीएस अफिसर कल्याणी सिंहको भूमिका निभाएकी थिइन् ।

यो शोलाई उनैले लेखन तथा निर्देशन गरेकी थिइन् ।

यो सिरियल उनकी बहिनी कञ्चन चौधरी भट्टाचार्यको जीवनमा आधारित थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved