प्रहरीको पोसाक नै लगाएर ‘असई हुँ’ भन्दै ठग्ने युवती पक्राउ

नेपालभ्युज

प्रहरीको पोसाक नै लगाएर ‘असई हुँ’ भन्दै ठग्ने युवती पक्राउ

काठमाडौं । ‘प्रहरीको असई हुँ’ भन्दै ठग्दै हिँडेको आरोपमा बैतडीकी एक युवती काठमाडौंबाट पक्राउ परेकी छिन् ।

बैतडीको पुर्चौडी नगरपालिका–६ घर भई चन्द्रागिरि नगरपालिका– १४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिलाकुमारी साउद पक्राउ परेकी हुन् ।

उनले दैलेखको नारायण नगरपालिका–११ बस्ने २६ वर्षीया महिलाबाट डेढ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

उनले राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाइदिने प्रलोभनमा पारी ती महिलाबाट नगद ठगी गरेको उजुरी परेको थियो ।

साउदले नेपाल प्रहरीको पोसाक र असइकै दर्ज्यानी चिन्ह समेत लगाएर हिँड्थिन् । प्रहरीले सो समेत बरामद गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved