जनयुद्ध दिवसमा गोरखाका तीन पालिकामा सार्वजनिक बिदा

नेपालभ्युज

जनयुद्ध दिवसमा गोरखाका तीन पालिकामा सार्वजनिक बिदा

काठमाडौं ।  फागुन १ गते जनयुद्ध दिवसका दिन  गोरखाका तीन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । आइतबार सार्वजनिक सूचना जारी गर्दै भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले जनयुद्ध  दिवसका अवसरमा  सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

सो अवसरमा पालिका अन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, र वैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने निर्णय गरिएको सूचनामा जनाइएको छ ।

पालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताइएको छ ।  ११ वटा पालिका रहेको गोरखामा यी तीन पालिकासहित नौ वटा पालिकामा माओवादीले जितेको छ ।

यसअघि सर्वाेच्च अदालतले फागुन १ गते जनयुद्ध दिवसको रुपमा बिदा नदिन अन्तरिम आदेश दिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved