अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापना दिवस मनाउँदै

नेपालभ्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३ औँ स्थापना दिवस मनाउँदै छ । अख्तियारले ‘सुधारौँ सोच, संस्कार र व्यवहार नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियार दुरुपयोग गरेकोबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित संवैधानिक निकायका रूपमा २०४७ सालमा आयोग स्थापना गरिएको हो ।

आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दर्ता गर्दै आइरहेको छ ।

अख्तियारले हटलाइन नम्बरदेखि हुलाक र विभिन्न सामाजिक सञ्जालमार्फत उजुरी र गुनासो संकलन गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved