१२ वर्षपछि स्काउटको चुनाव : कोशी र बागमतीमा मतदान, बाँकीमा सर्वसम्मत

नेपालभ्युज

१२ वर्षपछि स्काउटको चुनाव : कोशी र बागमतीमा मतदान, बाँकीमा सर्वसम्मत

काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको छ ।

शनिवार काठमाडौंमा कोशी र बागमती प्रदेशको लागि राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको हो ।

अन्य प्रदेशमा भने सर्वसम्मत रुपमा चयन भएको छ । निर्वाचनको बारेमा जानकारी दिँदै नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन १२ वर्षपछि हुन लागेको बताए ।

उनले ४/४ वर्षमा हुनुपर्ने निर्वाचन भएपनि विविध कारणले लामो समयसम्म हुन नसकेको बताए ।

बागमती र कोशी प्रदेशबाहेक अरु ५ वटा प्रदेशमा सर्वसम्मत भएको निर्वाचित भएको भट्टराईले जानकारी दिए ।

बागमती र कोशी प्रदेशमा ९ वटा पदका लागि निर्वाचन भइरहेको छ । ९ वटा पदको निर्वाचनका लागि वागमती प्रदेशमा १५ सय बढी र कोशी प्रदेशबाट ५५४ जना मतदाता रहेका छन् ।

निर्वाचनपछि नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य ५६ जनामध्ये १६ जना बागमती र कोशी प्रदेशबाट निर्वाचित हुने छन् ।

प्रदेश परिषद्हरुमा बागमती र कोशी प्रदेशमा २६/२६ जना निर्वाचित हुनुपर्ने पनि उनले बताए ।

निर्वाचन समितिका सदस्यसचिव समेत रहेका उनले निर्वाचनपछि राष्ट्रिय परिाषद्को बैठक बसेर राष्ट्रिय परिषद् र प्रदेश परिषद्को बैठक बसेर प्रदेशको कार्यकारी समिति र राष्ट्रिय कार्यकारी समिति गठन हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved