क्यानडाविरुद्ध नेपालको १०० रन पूरा

नेपालभ्युज

क्यानडाविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले १०० रन पूरा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले १९.४ ओभरमा २ विकेटको क्षतिमा १०० रन पुरा गरेको हो । ६.३ ओभरमा २ विकेट गुमाएर केहि धर्मराएको नेपाली ब्याटिङलाई कप्तान रोहित कुमार पौडेल र देव खनालले सम्हालिरहेका छन्।

६.३ ओभरमा अनिल साह ५० रनमा आउट भए । विष्फोटक प्रदर्शन गरेका अनिलले १९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । ४.५ ओभरमा ओपनर आसिफ शेख १० रनमा आउट भए।

क्यानडाका लागि इश्वरजोत सोहीले २ विकेट लिए। २१ ओभरको समाप्तिमा नेपालले ११२ रन बनाएर खेलिरहेको छ ।

क्यानडाले दिएको २८६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved