यूरोको मूल्य घट्दा डलरको स्थिर 

नेपालभ्युज

यूरोको मूल्य घट्दा डलरको स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ भने यूरोको मूल्य केही घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा हुँदा बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ । त्यसै गरी, कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved